हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने

नेपालभ्युज

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं ।  सर्वसाधारणका लागि जारी भएको हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)  बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान १० बजे आईपीओ बाँडफाँट गर्ने  कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आवेदन स्वीकृत भएका सबैले  आईपीओ पाउने छन् । कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् ।  कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाइएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved