फारवेष्ट पशुपति कपः नेपाल प्रहरी र पुर्नवास युनाईटेड विजयी

नेपालभ्युज

फारवेष्ट पशुपति कपः नेपाल प्रहरी र पुर्नवास युनाईटेड विजयी

धनगढी । नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश र कञ्चनपुरको पुर्नवास युनाईटेड क्लबले एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगितामा जित हात पार्दै नेपाल प्रहरी सुप प्रदेश र पुर्नवासले क्वाटरफाईनलमा स्थान बनाएका हुन् ।

धनगढी रंगशालामा भएको पहिलो खेलमा नेपाल प्रहरी सुप प्रदेशले ब्वाईज युनियन लम्की कैलालीलाई १–० ले हराउँदै अन्तिम आठमा पुगेको छ । प्रहरीको जितमा एक मात्रै गोल प्रदीप बोगटीले गरे । खेलको सुरुवातकै ८ मिनेटमा प्रदीपले गरेको गोल नै निर्णायक बन्यो । उनी खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

धनगढी रंगशालामा भएको दोस्रो खेलमा पुर्नवास युनाईटेड विजयी भएको छ । पुर्नवास युनाईटेड ग्रीन युथ क्लबलाई १–० ले हराउँदै अन्तिम आठमा पुगेको हो । पुर्नवासको जितमा विदेशी खेलाडी काईटेमोन गाईडेनले निर्णायक गोल गरे । उनले पहिलो हाफको २६ औं मिनेटमा गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुर्नवासका गोलरक्षक कुम्भ देउवा म्यान अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा विएस १५ फुटबल एकेडेमी र शसस्त्र प्रहरी बल ७ नम्बर बाहिनी तथा दोस्रो खेलमा विदेशी टोली सिएफसी कोलकत्ता र सुदुरपश्चिम ११ स्पोर्टस क्लब प्रतिस्पर्धा गर्नेछन । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ । पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागी रहेको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबर्द्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved