अरनिको अन्तर्राष्ट्रिय पुरस्कार हितानको ‘लाहुरेको रेलिमाई’लाई

नेपालभ्युज

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार हितानको ‘लाहुरेको रेलिमाई’लाई

काठमाडौं । अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७९ साहित्यकार विजय हितानको ‘लाहुरेको रेलिमाई’लाई प्रदान गरिने भएको छ । गैरआवासीय नेपाली सङ्घले हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगद र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिन्छ ।

पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved