विश्वप्रकाशको प्रश्न–प्रदेशले मागेको अधिकार दिन नसकिने कारण के छ ?

नेपालभ्युज

विश्वप्रकाशको प्रश्न–प्रदेशले मागेको अधिकार दिन नसकिने कारण के छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशहरुलाई प्रधनमन्त्रीले वेवास्ता गरेको आरोप लगाएका छन् । उनले प्रदेशहरुले आफूहरुलाई अधिकार सम्पन्न बनाउने कानुन माग्दा प्रधानमन्त्रीले गरेको बेवास्ताप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी संघीय सरकारले कानुनहरु निर्माण गर्नुपर्ने बताए । त्यसो नगरे आफूहरु पनि सिंहदरबार घेर्न जाने उनको भनाइ छ ।

‘प्रदेशले कुनै अन्तरिक्ष यान मागेको होइन, कानुन मागेको हो, अधिकार मागेको हो,’ उनले भने, ‘अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो दिनुपर्छ ।’ त्यो दिन नसकिने कारण के छ ?’ शर्माले प्रश्न गरे ।

प्रदेश सम्मेलनमा जाँदा लुम्बिनी, गण्डकी, मधेश र बागमतीमासमेत एउटै गुनासो सुनेको उनको भनाई थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved