दराजको ‘विक्रेता सम्मेलन’ सम्पन्न

नेपालभ्युज

दराजको ‘विक्रेता सम्मेलन’ सम्पन्न

काठमाडौं । ई–कमर्स ब्रान्ड दराजले बुधबार ‘विक्रेता सम्मेलन’को आयोजना गरेको छ। ललितपुरको हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा बिक्रेताहरू सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीसँग आबद्ध विक्रेताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाइन्।

‘बिक्रेताहरू दराजका मेरुदण्ड हुन्। दराजको रोमाञ्चक यात्रामा अटल सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण बिक्रेताहरूमा आभार प्रकट गर्न चाहन्छु। दराज अहिले जहाँ छ, यो स्थानमा पुग्नमा तपाईंहरुको ठुलो हात छ र तपाईंहरु बिना यो सम्भव हुँदैन थियो,’ उनले भनिन्।

हालै सम्पन्न ११ः११ सेलको सफलताको चर्चा गर्दै उनले थपिन्, ‘चाडपर्वको समयमा पर्ने हाम्रो ११ः११ सेलमा बिक्रेताहरूले दिनुभएको साथको कारणले गर्दा हामी हरेक वर्ष अपेक्षा गरेभन्दा धेरै राम्रो गर्न सफल हुन्छौँ र यो भविष्यमा पनि कायम रहनेछ। यसका साथै हामी विक्रेता तथा खरिदकर्ता सबैलाई उत्कृष्ट अनुभव प्रदान गर्दै लजिस्टिक सेवा विस्तार गरेर विश्व स्तरीय सेवा प्रवाह गर्नेछौँ।’

कार्यक्रममा विभिन्न श्रव्य दृश्य सामाग्रीहरू प्रस्तुत गरेर विक्रेताहरूलाई बिक्री र व्यवस्थापनको बारेमा जानकारी प्रदान गरिएको थियो। विक्रेताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अवार्ड समारोह राखिएको थियो।

जहाँ गत वर्षका १४ उत्कृष्ट विक्रेताहरूलाई विशेष विधाका ट्रफी, १० हजार रुपैयाँ बराबरको दराज भाउचरका साथै आकर्षक उपहारहरू प्रदान गरिएको थियो।

दराज ‘विक्रेता सम्मेलन’ अवार्डका विजेताहरूको सूची यस प्रकार छ ।

उत्कृष्ट विक्रेता – एफएमसिजि : सिटाफिल
उत्कृष्ट विक्रेता – फेसन : टाइटन अफिसिएल
उत्कृष्ट विक्रेता – इलेकट्रोनिक्स : सावोमी (भिट्सल इम्प्लेक्स)
उत्कृष्ट विक्रेता – लाइफ्स्टाईलः प्रोटिन नेपाल
पिपुल्स च्वाइसः सुजना ज्वेलर्स
प्रफर्मेन्स एक्सिलेन्सः कम्पयुटेक
मनैदेखि नेपाली : जुभारा
लाइफटाइम अचिभमेन्टः आई ई सि
सेलर अफ द ईएरः अल्टिमा लाइफ्स्टाईल
टप न्यु एसएमई सेलरः विराट हेल्थक्यर इन्डस्ट्रिज
फ्रि डेलिभरी लेजेण्डः पेबल्स् नेपाल
ई एल पि एक्सिलेन्सः आफ्नो पसल
फ्ल्यास सेल च्याम्पियनस् ई मेला
मस्ट एक्टिभ सेलरः युनिलिभर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved