हत्या गरी फरार रहेका २ जना छ वर्षपछि पक्राउ

नेपालभ्युज

हत्या गरी फरार रहेका २ जना छ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुस्थित बोक्सीदह डाँडामा २०७४ सालमा एक महिलाको हत्या गरी फरार दुई जनालाई नेपाल प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले २०७४ पुस ३० गते बल्खुस्थित बोक्सीदह डाँडामा नारायणी तिमल्सिनाको हत्या गरी फरार दुईजनालाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला सीतगङ्गा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४६ वर्षीय शिवराम अधिकारी रहेका छन् । पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृत सुरक्षा केसीले हत्या गरेपछि विदेश फरार रहेका विश्वकर्मालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिए।

अधिकारी भने चोरी मुद्दामा विसं २०७९ कात्तिक २९ गते पक्राउ परी तीन वर्ष कैद सजाय पाएर हाल केन्द्रीय कारागार सुन्धारामा रहेको प्रहरीले जनाएको छ ।

“अधिकारीले मृतक तिमल्सिनालाई भूपु आर्मीसँग विवाह गराइदिने प्रलोभन देखाएर रू १५/२० हजारसहित गरगहना लगाई आउनु भन्दै फोन गरी बोलाएको र बल्खु खोलामा लगेर हत्या गरेको खुल्न आएको छ”, केसीले भने । विश्वकर्मासँग अधिकारीको मृतक तिमल्सिनाको हत्या गर्ने दिन मात्रै चिनजान भएको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved