लेखा समिति सभापतिको आरोप- प्रधानमन्त्रीले एनसेलमा भएको भ्रष्टाचार ढाकछोप गर्न खोजे

संसदको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल प्रकरणमा भएको भ्रष्टाचार ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।

नेपालभ्युज

लेखा समिति सभापतिको आरोप- प्रधानमन्त्रीले एनसेलमा भएको भ्रष्टाचार ढाकछोप गर्न खोजे

काठमाडौं । संसदको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल प्रकरणमा भएको भ्रष्टाचार ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्रीले कार्य क्षेत्रभन्दा बाहिरको समितिमा गएर जनतामा भ्रम छर्न खोजेको भन्दै जनतालाई सचेत हुन आग्रहसमेत गरेका छन् ।

‘सरकारी सुण्ड मसुण्डहरू सार्वजिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोड बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपील गर्दछु’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्रीले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजेको उनको आरोप छ ।

प्रधानमन्त्री प्रचण्डले एनसेल प्रकरणबारे मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved