बारामा सवारी दुर्घटना, तीन जनाको मृत्यु २७ घाइते

नेपालभ्युज

बारामा सवारी दुर्घटना, तीन जनाको मृत्यु २७ घाइते

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्जमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

बिहान २ बजे तिर भएको बस दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् । दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक जनाको भने सनाखत हुन सकेको छैन । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । अन्य २० जनाको भने सामान्य अवस्थामा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।

काकड्भिट्टाबाट काठमाडौँ जादै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ट्रक आपसमा ठोक्किएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved