गोविन्द केसीले तोडे ७२ घण्टे अनसन

नेपालभ्युज

गोविन्द केसीले तोडे ७२ घण्टे अनसन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसीले अनसन तोडेका छन् ।

७२ घण्टे अनसन बसेका उनले निर्धारित समय पूरा भएपछि अनसन तोडेका हुन् ।

उनले गत शुक्रबारदेखि धनगढीमा अनसन सुरु गरेका थिए । स्थानीय रेनुका चौधरी र अञ्जली नेपालीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।

गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved