रुसले खसाल्यो ३३ वटा युक्रेनी ड्रोन

नेपालभ्युज

रुसले खसाल्यो ३३ वटा युक्रेनी ड्रोन

मस्को ।  रुसी वायु रक्षाले देशका विभिन्न क्षेत्रमा ३३ वटा युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । रुसको लिपेटस्क, रोस्तोभ र भोल्गोग्राद क्षेत्रहरूमा “३३ वटा युक्रेनी ड्रोनहरू” “नष्ट र अवरोध” गरिएको मन्त्रालयले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ ।

भोल्गोग्राद क्षेत्रका गभर्नर एन्ड्रे बोचारोभले ड्रोन आक्रमणले त्यस क्षेत्रमा कुनै पनि हताहती वा विनाश ननिम्त्याएको बताएका छन् । पछिल्ला दिनहरूमा रुसको सुरक्षा संयन्त्रले शङ्कास्पद ड्रोनहरू माथि निगरानी बढाएको छ र सकेसम्म नष्ट गर्ने रणनीति अपनाएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved