टिपरको ठक्करबाट दुई युवाको मृत्यु भएको विरोधमा घोराही-तुलसीपुर सडक अवरुद्ध

नेपालभ्युज

टिपरको ठक्करबाट दुई युवाको मृत्यु भएको विरोधमा घोराही-तुलसीपुर सडक अवरुद्ध

दाङ । दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु भएको विरोधमा आइतबार बिहानदेखि प्रदर्शन भएको हो ।

मृतकका आफन्तले दाङको घोराही–तुलसीपुर सडक अवरुद्ध पारेका हुन् ।

प्रदर्शनमा उत्रिएका मृतकका केही आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिपर चालकलाई कारबाही नभएसम्म शव नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका छन्।

प्रहरीले प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी गाउँपालिका–६ का वडाअध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा मामा राजेश जिसीलगायतलाई नियन्त्रण लिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved