राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै

नेपालभ्युज

राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक राजधानीको धुम्बाराहीस्थित एक पार्टी पेलेसमा विहान ८ बजे बस्ने छ । आगामी मंगलबारसम्म चल्ने बैठकमा समसामियक राजनीतिका साथै पार्टीले गर्ने भनिएको आन्दोलनका विषयमा छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ब्रिफिङ् गर्ने छन् ।

साथै बैंठकमा सचिवालय र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने पनि श्रेष्ठले बताए । पार्टीले भविष्यमा सञ्चालन गर्ने र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्ताव छलफलका लागि पेश हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved