फिदिम पुगेर ओलीले भने–विकासका लागि राष्ट्रिय एकता आवश्यक छ, एमाले बिना सम्भव छैन

उनले २३ स्थानमा बुथ कब्जा गरेर एमालेलाई हराइएको नेता तथा कायर्कर्ताहरुलाई मुद्दा लगाएको बताए।

नेपालभ्युज

फिदिम पुगेर ओलीले भने–विकासका लागि राष्ट्रिय एकता आवश्यक छ, एमाले बिना सम्भव छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक र कानुनको राज भएन भने सुशासन कायम नहुने बताएका छन् ।

पाँचथरको फिदिममा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले एकताले मात्रै शान्ति सुशासन कायम हुने बताएका हुन् ।

झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा उनले विधि सङ्गत ढङ्गले आफ्ना मागहरू राख्नुपर्ने भनाइ राखे । ‘गन्तव्यमा पुग्न दुश्मनी हैन संवादको बाटोबाट अघि बढ्नुपर्छ,’ उनले भने, ‘मतभेद हुन्छन्, त्यसलाई विधि र प्रक्रियाबाट माग राख्नुपर्छ ।’ उनले २३ स्थानमा बुथ कब्जा गरेर एमालेलाई हराइएको नेता तथा कायर्कर्ताहरुलाई मुद्दा लगाएको बताए।

विकासका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै अध्यक्ष ओलीले एमालेलाई साथ लिएर मात्रै यो देशको विकास हुने दाबी गरे । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमालेको एकल सरकार बन्नु पर्नेमा उनले जोड दिए ।

‘हुलाकी मार्ग, मदन भण्डारी मार्ग नदी कोरिडोरमा बाटो एमालेको सरकार हुँदा बनाएको हो,’ उनले भने, ‘नेतृत्वको सरकारले सुरु गरेका विकासका योजना अहिलेको सरकारले पारेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved