यसकारण भयो गोविन्द केसीको अनसनस्थलमा विरोध

अभियन्ता डा. केसी अनसन बस्न शुक्रबार गेटा मेडिकल विश्वविद्यालय पुगेपछि सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले अवरोध गरेपछि उनी धनगढी आएर अनसन बसेका छन् ।

नेपालभ्युज

यसकारण भयो गोविन्द केसीको अनसनस्थलमा विरोध

धनगढी। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनसन बसेको विरोधमा धनगढीमा विरोध प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति र गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशवासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रर्दशन गरेको हो ।

अभियन्ता डा. केसी अनसन बस्न शुक्रबार गेटा मेडिकल विश्वविद्यालय पुगेपछि सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले अवरोध गरेपछि उनी धनगढी आएर अनसन बसेका छन् ।

डा. गोविन्द केसीको अनसनको विरोध गर्दै संघर्ष समितिले डा.केसीविरुद्ध नाराबाजी समेत गरेका छन् । डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसनमा बसेका छन् । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डाक्टर केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका थिए । अनसनस्थलमै संघर्ष समितिले विरोध गर्दै नाराबाजी गरेका छन् ।

डाक्टर केसीलाई गेटा मेडिकल विश्वविद्यालयमा सत्याग्रह बस्न गेटा मेडिकल विश्व विद्यालय संघर्ष समितिले हिजो दिएन । समितिले मेडिकल विश्वविद्यालयको माग गरिरहेका बेला डाक्टर केसीको स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखेकाले संघर्ष समितिले गेटामा अनसन बस्न नदिएको संघर्षका संयोजक लोकराज पाण्डे आगोले जानकारी दिए ।

डाक्टर केसीले उठाएका सबै मागमा आफ्नो पूर्ण समर्थन भएपनि सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय नै भइसकेको अवस्थामा प्रतिष्ठानको विषयलाई लिएर अनसन बस्नु उचित नभएको उनले बताए । उनले लामो समयदेखि सुदूरपश्चिमका जनताले मेडिकल विश्व विद्यालयका लागी आन्दोलन गरेको बताए । गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बस्नु गलत भएको उनले आरोप लगाए ।

धनगढीको एलएनचौकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर तीन दिने सत्याग्रह सुरु गरेका हुन् । गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले प्रतिष्ठानको विषय मागमा नराख्न आग्रह गरेपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका हुन् । केसीले आफूलाई दलका माफियाहरुले बस्न नदिएको भन्दै आपति जनाएका छन् । उनले सरकारले विगतमा पटक–पटक आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेकोले सत्याग्रह गर्न थालेको बताए ।

धनगढीमा तीन दिने सत्याग्रह सुरु गरेका केसीले सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।

गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि भएका सम्झौता बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने, एक सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्नुपर्ने माग छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved