माइतीघरको निषेधित क्षेत्र तोड्न निस्केको आन्दोलन भद्रकालीमै रोकियो (तस्वीरहरू)

शान्तिबाटिकाबाट माइतीघरमा जारी निषेधित क्षेत्र तोड्न भनेर निस्केको प्रदर्शनलाई प्रहरीले भद्रकालीमै रोकेको छ।

माइतीघरको निषेधित क्षेत्र तोड्न निस्केको आन्दोलन भद्रकालीमै रोकियो (तस्वीरहरू)

काठमाडौं। शान्तिबाटिकाबाट माइतीघरमा जारी निषेधित क्षेत्र तोड्न भनेर निस्केको प्रदर्शनलाई प्रहरीले भद्रकालीमै रोकेको छ।

बृहत नागरिक आन्दोलनका अभियन्ताहरु, मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति नेपालका अभियन्ताहरु र मृतक आरती शाहका परिवारलगायतले आज माइतीघर जान शान्तिबाटिकाबाट जुलुससहित निस्केका थिए।

तर भद्रकालीदेखिकै क्षेत्र निषेधित भएको भन्दै सबै प्रदर्शनकारीलाई प्रहरीले त्यहीँ रोकेको हो। माइतीघरमा मंसिर ७ गते दुर्गा प्रसाईं र एमालेनिकट युवा संघको कार्यक्रममा झडप हुने आशंकासहित मंसिर ४ गते राति ८ बजेदेखि लागू हुने गरि सरकारले एक महिनालाई माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved