पहाड रित्तिने खतरा बढ्यो : उपमहासचिव ज्ञवाली

नेपालभ्युज

पहाड रित्तिने खतरा बढ्यो : उपमहासचिव ज्ञवाली
फाइल तस्वीर

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् । पार्टीको महाकाली–मेची संकल्पयात्राअन्तर्गत शुक्रबार तेह्रथुमको वसन्तपुरमा सञ्चारकर्मीसँग उनले पहाड रित्तिनेमा चिन्ता व्यक्त गरेका हुन् ।

युवाकेन्द्रित कार्यक्रम ल्याउन नसके केही समयभित्रै गाउँहरू रित्तिने र शिक्षा र स्वास्थ्य क्षेत्रमा झनै ठूलो संकट पैदा हुने अवस्था यात्राका क्रममा आफूहरूले अनुभव गरेको उनको भनाई छ ।

उनले राजधानीमा बसेर सत्ताको भागबन्डा छोडेर जनतामाझ आउन र उनीहरूका समस्या समाधान गर्न दलहरुलाई आग्रह गरे । परिवर्तनपछि पनि जनतामा ठूलो पीडा यथावत् रहेको भन्दै उनले सबै राजनीतिक दलहरूले स्थानीयको अवस्था परिवर्तनका निम्ति स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।

उनले भने – विस्तारै गाउँहरू, बस्तीहरू युवाविहीन हुने अवस्था रहेछ । कतिपय विद्यालय रित्तिँदै गएका छन् । जलवायु परिवर्तनकाका कारण खानेपानीको मुहान सुक्ने, हिउँहरू पग्लिरहेको देखेको उल्लेख गर्दै उनले मिलेर समाधान गर्न आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved