दल दर्ताका लागि आज अन्तिम दिन

कांग्रेसले अझै दर्ता गरेन

नेपालभ्युज

दल दर्ताका लागि आज अन्तिम दिन

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आज सकिदै छ । आयोगले मंसिर २४ देखि आज २९ गतेसम्म दल दर्ता गर्ने समय तोकेको थियो ।

दर्ता नगरेकाले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने छ । आजको म्याद गुजार्ने दलले निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ ।

आयोगका अनुसार नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नेमकिपा र जसपालगायतले दर्ताको निवेदन दिइसकेका छन् । नेपाली कांंग्रेसले भने अन्तिम दिन आज मात्रै दल दर्ता गर्ने तयारी गरेको छ ।

राष्ट्रियसभामा रिक्त हुन लागेका २० सदस्यमध्ये १९ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुदै छ । एक जना भने राष्ट्रपतिबाट मनोनित हुने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved