तराईमा हुस्सु र कुहिरो,पहाडमा आंशिक बदली

नेपालभ्युज

तराईमा हुस्सु र कुहिरो,पहाडमा आंशिक बदली

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण मुलुकका अधिकांश स्थानमा आज आंशिक बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा पनि आंशिक बदली रहने छ । तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । वर्षाको सम्भावना भने नरहेको महाशाखाको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved