१४ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

नेपालभ्युज

१४ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइ सुपरभाइजर सुशील पाण्डेलाई पक्राउ गरेको हो ।

२१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।

सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ ।

यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved