कर्णाली प्रदेश संग्रहालयलाई मगर समुदायको पोसाक

नेपालभ्युज

कर्णाली प्रदेश संग्रहालयलाई मगर समुदायको पोसाक

सुर्खेत। नेपाल मगर महिला संघ केन्द्रीय समितिले कर्णाली प्रदेश संग्रहालय सुर्खेतमा मगर समुदायले लगाउने पोसाक हस्तान्तरण गरेको छ । डोल्पामा बसोबास गर्ने मगर समुदाय अन्तर्गत गत काइके समुदायमा दुई दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सञ्चालन गरेर सुर्खेत आएको समितिले प्रदेश सङ्ग्रहालय वीरेन्द्रनगरमा बाह्रघरे, अठारघरे र काइके समुदायले लगाउने पोसाक हस्तान्तरण गरेको हो ।

संग्रहालयमा मगर समुदायले लगाउने पोसाक राखेपछि सबैले अवलोकन गर्ने भएकाले पोसाक हस्तान्तरण गरिएको नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष हिरु रानामगरले बताईन् । ‘यसअघि संग्राहलय अवलोकन गरि मगर समुदायको पोसाक राख्ने प्रतिबद्धता जनाइएको थियो ।’ उनले भनिन् ‘समितिले हाल आएर मगर समुदाय अन्तर्गत तीन समुदायको मगर पोसाक प्रदान गरिएको छ ।’

पोसाक हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा मगर समुदाय अन्तर्गत अल्पसंख्यक काइकेको भाषा तथा पोशाक संरक्षणमा सिङ्गो मगर समुदाय नै लागि परेकाले सबैले सहयोग गरिदिन हुन पनि संघका केन्द्रीय महासचिव मीना घर्तिमगरले जानकारी दिइन् ।

पोसाक ग्रहण गर्दै कर्णाली प्रदेश संग्रहालय सुर्खेतका निमित्त प्रमुख अर्जुनबहादुर शाहीले मगर समुदायको पोसाकलाई सुरक्षित तरिकाले प्रर्दशन गरि राखिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका का.व.अध्यक्ष अशोक राजी, नेपाल मगर महिला संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष धनकुमारी रानामगर, काइके भाषिक उपाध्यक्ष मंगली रोकायमगर, उपमहासचिव चित्रा श्रीसमगर, जनमसम्पर्क सचिव कृष्णा वंशीमगर, कोषाध्यक्ष सुधा रानामगर, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार हरि थापामगर, नेपाल मगर महिला संघ कर्णाली प्रदेश अध्यक्ष निर्मला गाहामगर, जिल्ला अध्यक्ष खिमकुमारी सोतीमगर, निवर्तमान केन्द्रीय सदस्य विमला थापामगर लगायत संङ्ग्राहलयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved