शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

नेपालभ्युज

शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

काठमाडौं । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शौर्य सिमेन्टको आयोजनामा सञ्चालित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ ।

मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १५० भन्दा बढी आवेदन परेको थियो, जसबाट दोस्रो चरणमा ७५ जनालाई छनौट गरिएको थियो । छनौट भएका सहभागीले शौर्य सिमेन्ट उद्योगको परिसरस्थित हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाएका छन् ।

उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि छनोट गरिने १५ जनाले शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ । तेस्रो चरणको प्रतियोगिता आगामी पुस २ गतेदेखि ७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाई ५ र ५ हजार रुपैयाँ प्रदान गरिने छ । उक्त कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरीका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved