आरोप पुष्टि गर्न सिंहलाई सापकोटाको चुनौती

नेपालभ्युज

आरोप पुष्टि गर्न सिंहलाई सापकोटाको चुनौती

काठमाडौं । सांसद अमरेशकुमार सिंहले आइतबार बिहानै आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव गङ्गा दाहालले विभिन्न व्यापारीहरूसँग रकम बुझेको कुरा लेखे ।

उनले लेखेका छन्— प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले कुन-कुन व्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेकी छन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ ।

उनले समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जाने चेतावनीसमेत दिए ।

प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरूले भने सांसद सिंहलाई उक्त आरोप पुष्टि गर्न चुनौती दिइरहेका छन् ।

यही क्रममा माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सांसद सिंहलाई जवाफ दिँदै भनेका छन्— माननीयज्यू, प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाइ कि नपाइ ?

उनले उक्त आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved