७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईँदै

अधिकार प्रत्याभूतिका लागि सरकार प्रयत्नशील रहेको दाबी

नेपालभ्युज

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईँदै

काठमाडौं । डिसेम्बर १० तारिख अर्थात् ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ ।

नेपालमा पनि विभिन्न संघ संस्थाले मानव अधिकार सम्बन्धी कार्यक्रमको आयोजना गरेका छन् ।

सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् ।

७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै उनले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने बताए ।

सामाजिक समावेशीकरणले नसमेटिएका समुदायको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुनसकेमा मात्र मानवअधिकार दिवसले सार्थकता पाउने बताए ।

त्यस्तै दिवसका अवसर शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेदमा कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाई मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले मानवअधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकारको खबरदारी गर्ने मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा शुभकामना व्यक्त गरेका छन् ।

विश्वमा मानव अधिकारको घोषणापत्र नै सबैभन्दा भन्दा धेरै भाषामा अनुवादित अनि प्रकाशित घोषणापत्र हो, यस घोषणापत्र ५०० भन्दा बढि भाषामा अनुवादित गरि प्रकाशित गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved