हिंसा अन्त्यका लागि समाजका सबै पक्ष लाग्न मन्त्री आचार्यको आह्वान

नेपालभ्युज

हिंसा अन्त्यका लागि समाजका सबै पक्ष लाग्न मन्त्री आचार्यको आह्वान

काठमाडौं । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । मन्त्री आचार्यले महिला हिंसाविरुद्धको अभियानमा पुरुषको सहभागिता बढाउन जोड दिनुपर्ने बताए ।

उनले महिलालाई आर्थिक रुपमा सम्पन्न गराएर उनीहरुमाथि हुने सबै प्रकारको विभेद गर्ने अभियान सरकारले अघि बढाए पनि त्यसका लागि विनियोजन गरिएको बजेट सदुपयोग हुन नसकेको गुनासो गरे । मन्त्री आचार्यले महिला हिंसा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने स्पष्ट पारे।

मन्त्री आचार्यले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले महिला सशक्तिकरणको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताऐ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved