दक्षिणी भानुआतुमा ७ दशमलव १ म्याग्निच्यूडको भूकम्प

क्षतिको विवरण आउन बाँकी

नेपालभ्युज

दक्षिणी भानुआतुमा ७ दशमलव १ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । दक्षिणी भानुआतुमा बिहीबार ७ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार १२ बजेर ५६ मिनेटमा ४८ किलोमिटर गहिराइमा राजधानी पोर्ट भिलाबाट ३ सय ३८ किलोमिटर टाढा भूकम्प गएको छ । भूकम्पका कारण भएको क्षतिका बारेमा केहि जानकारी आएको छैन ।

भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको ३०० किलोमिटरभित्र आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराइएको एपी न्यूजले जनाएको छ । भूकम्पीय रिङ अफ फायरमा फैलिएकोले यो देशमा भूकम्प जानु सामान्य मानिन्छ । भानुआतुमा तीन लाख २० हजार जनसंख्या छ । यसअघि पनि त्यहाँ छ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशमध्ये एक मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved