नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय

नेपालभ्युज

नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय

काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बुधबार बसेको  बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।

नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने  खुलाइएको  छैन् । आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समितिको बैठकमा बिजुली खरिद मूल्यबारे छलफल हुने बताइएको छ  ।

केही समयअघि बंगलादेशका  विद्युत, उर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालबाट जलविद्युत आयात गर्नेबारेमा तयारी अन्तिम चरणमा पुगेको बताएका थिए । यसअघि नै भारतले लामो छलफलपछि  आफ्नो प्रसारणलाइन प्रयोग गरेर बंगलादेशलाई नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न अनुमति दिन सहमति जनाइसकेको छ ।

भारतको भूभाग हुँदै नेपालबाट विद्युत आयात गर्न बहरामपुर–भेरमारा प्रसारण लाइन प्रयोग गरिने बताइएको छ  । उक्त योजनाअनुसार बंगलादेशले सेवा प्रदायकको रुपमा  एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)मार्फत नेपालबाट बिजुली आयात गर्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved