एनएसएल : चितवनले गुमायो जितको मौका

नेपालभ्युज

एनएसएल : चितवनले गुमायो जितको मौका

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार भएको खेलमा एफसी चितवनले  जितको मौका गुमाएको छ  ।

लगातार दोस्रो जित नजिक पुगेको चितवन इन्जुरी समयमा समालिन नसक्दा  बुटवल लुम्बिनीसँग १-१ को बराबरीमा रोकिएको छ ।

लिगमा  बुटवलको हार टार्न इन्जुरी समयमा स्टेफन बिनोङले निर्णायक गोल गरेका थिए। दशरथ रङ्गशालामा गोलरहित बनेको पहिलो हाफमा दुबै टिमले आकर्षक अवसर सिर्जना गर्न सकेनन् ।

यससँगै बुटवलले चार खेलबाट चार अङ्क जोडेको छ । समान खेल खेलेको चितवनले पाँच अङ्क जोडेको छ । उक्त लिगअन्तर्गत भोलि वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ बजदेखिे सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved