दुर्गा प्रसाईंको आन्दोलनले ऋण प्रवाह प्रभावित : गभर्नर

नेपालभ्युज

दुर्गा प्रसाईंको आन्दोलनले ऋण प्रवाह प्रभावित : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनका कारण बैंक तथा वितीय संस्थाहरूको प्रवाह गर्ने ऋण प्रभावित भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले प्रसाईंको २० लाखसम्मको ऋण मिनाह गराइदिने भन्ने आन्दोलनको कारण पनि कर्जा प्रवाहका लागि बैंकहरु हच्केको बताएका हुन् ।

त्यस्तै उनले निर्माण उद्योगमा आएको समस्याका कारण उद्योग व्यवसाय पूर्णरुपमा सञ्चालन गर्न नसक्दा पनि कर्जाको मागमा कमी आएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved