हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार मा प्रताप सिंह विजेता 

नेपालभ्युज

हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार मा प्रताप सिंह विजेता 

काठमाडौं । डिशहोमकाे “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

स्थानीय डिलरदाई ध्वज बहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरी थापालाई दशरथ चन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फ वाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुखका साथै दशरथ चन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सूर्य बहादुर थापा, सदस्य रज बहादुर वोहरा, वडा नं. ३ का अध्यक्ष अजव बहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानीय प्रहरी चौकी प्रमुख चेतु खड्का लगायतका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थितिमा स–सम्मान पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved