सोती घटना प्रकरण : थुनामा रहेका २३ जनालाई जन्मकैद, ८ जनाले पाए सफाइ

नेपालभ्युज

सोती घटना प्रकरण : थुनामा रहेका २३ जनालाई जन्मकैद, ८ जनाले पाए सफाइ

काठमाडौं। रुकुम पश्चिमको सोती घटना प्रकरणमा रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

मंगलबार रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

यस्तै अदालतले नवराज विककी प्रेमिका, प्रेमिकाकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गरेको छ । उनीहरुलाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ।

रूकुम जिल्ला अदालत (रुकुम पश्चिम) का स्रेस्तेदार मन्दिरा शाहीका अनुसार साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको छ ।

घटनाको जाहेरीपछि पक्राउ परेका ३४ जनामध्ये थुनछेक बहसका क्रममा २ जना बालकसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो भने २३ जनालाई थुनामा राखिएको थियो ।

१० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेको भन्दै जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीलाई लखेटी–लखेटी हत्या गरिएको थियो । उनीहरुलाई हातखुट्टा बाँधेर भेरी नदीमा फालिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved