राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

नेपालभ्युज

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको निर्वाचन तालिकाअनुसार राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसमा हुने छ ।आयोगले उम्‍मेदवारी दर्ता पुस २३ गते बिहान १० बजेदेखि ३ बजेसम्‍म हुने जनाएको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । पुस २२ गतेसम्म मतदातामाथि दाबी विरोधपछि मतदाताको अन्तिम मतदाता नामावलीसमेत प्रकाशन हुनेछ ।

आयोगका अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ । पुस २४ गते उम्मेदवारको दाबी विरोधका लागि उजुरी दिन सकिन्छ ।

मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य पुस २७ गते दुई बजे सम्पन्न हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved