आज दिनभरको मौसम यस्तो छ

नेपालभ्युज

आज दिनभरको मौसम यस्तो छ

काठमाडौं । आज मुलुकका अधिकांस क्षेत्रमा समान्यतः मौसम सफा रहने छ । यद्यपी हिमाली भेगमा हिमपात र पहाडी क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ । काठमाडौँ उपत्यकासहित बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आइतबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली, बाग्मती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ ।

त्यसैगरी लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved