कर्णाली प्रदेशका प्रहरीले ड्युटी समयमा मोबाइल चलाउन नपाउने

कर्णाली प्रदेशका प्रहरीले ड्युटी समयमा मोबाइल चलाउन नपाउने

सुर्खेत । कर्णाली प्रदेश र मातहतका प्रहरीहरुले डुयुटी समयमा मोबाइल चलाउन नपाउने भएका छन् । सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएका कर्मचारीलाई आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रीत बनाउन यस्तो नियम बनाइएको हो ।

तर, यो नियम टिम कमाण्डरका हकमा लागू हुने छैन । ड्युटीको समयमा आफ्नो जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी निगरानी हुन सकोस् र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन सकियोस् भन्ने उद्देश्यले यो व्यवस्था सुरू गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालले जानकारी दिए ।

‘यसरी मोबाईल नचालाउँदा सुरक्षा निग्रानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने सामाजिक सञ्जालको दुरूपयोग गर्नबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारी स्वयमको पनि मोबाईल खर्च बचत हुने देखिएको छ ।’ उनले भने, ‘यस कार्यले प्रहरीप्रतिको नागरिक विश्वास पनि बढ्ने अपेक्षा गरिएको छ ।’

यसरी ड्यु्टीको समयमा मोबाईल नचलाउन/नबोक्नको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तलिम केन्द्र, ईलाका, चौकीसम्म परिपत्र गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसको प्रभावकारी रूपमा ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved