यूएईका लगानीकर्तालाई जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न अध्यक्ष ढकालको आह्वान

नेपालभ्युज

यूएईका लगानीकर्तालाई जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न अध्यक्ष ढकालको आह्वान

दुबई । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यूएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

दुबईमा आयोजित नेपाल यूएई बिजनेस फोरममा सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्तालाई नयाँ अवसर सिर्जना भएको समेत बताए ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रमा लगानीको आकर्षण रहेको बताए । । आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले थप पर्यटकलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र निजी क्षेत्रले लक्जरी होटेल तथा रिसोर्टमा लगानी बढाएको पनि बताए ।

उनले यूएईका लगानीकर्तालाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरेका थिए ।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेको तर्फ पनि यूएईका लगानीकर्ताको ध्यानाकर्षण गराए ।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावना प्रशस्त रहेको पनि उनले उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved