तान्जानियालाई हराउँदै नामिबिया टी-२० विश्वकपमा छनोट

नेपालभ्युज

तान्जानियालाई हराउँदै नामिबिया टी-२० विश्वकपमा छनोट

काठमाडौं। नामिबिया आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ।

विश्वकप अफ्रिका छनोटमा तान्जानियालाई ५८ रनले पराजित गर्दै नामिबियाले विश्वकपमा स्थान पक्का गरेको हो। छनोटमा नामिबियाको लगातार पाँचौँ जित हो। मंगलबार भएको खेलमा १५८ रनको लक्ष्य पछ्याएको तान्जानियाले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा मात्र ९९ रन बनायो।

तान्जानियाको लागि अमल राजीवनले अविजित ४१ रन बनाए। नामिबियाको लागि गेहार्ड इरास्मसले २ तथा डेभिड विसे र बर्नार्ड स्कोल्जले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको नामिबियाले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १५७ रन बनायो। नामिबियाको लागि जेजे स्मितले अविजित ४० र माईकल भान लिङ्गेनले ३० रन बनाए। तान्जानियाको लागि यालिन्दे कान्या र अखिल अनिलले २-२ विकेट लिए।

यससँगै नामिबिया लगातार तेस्रो विश्वकपको लागि छनोट भएको छ। यसअघि नामिबियाले सन् २०२१ र २०२२ को विश्वकप खेलेको थियो।

सन् २०२४ को विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्नेछन्। सहभागी हुने २० मध्ये १९ टोलीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। नेपाल, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान, अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, र नामिबियाले विश्वकपमा छनोट भईसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved