जाडोमा एक दिनमा कति गाजर खानुपर्छ ? जानौं

नेपालभ्युज

जाडोमा एक दिनमा कति गाजर खानुपर्छ ? जानौं

एजेन्सी । जाडोको मौसममा गाजर सजिलै पाइन्छ । गाजर खानमा जति स्वादिष्ट हुन्छ त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । तर, धेरै मात्रामा गाजर खाँदा शरीरलाई नोक्सान पनि पुग्न सक्छ ।

त्यसैले  एक दिनमा कति मात्रामा गाजरको सेवन गर्नु उपयुक्त हुन्छ भन्नेबारे जानौं।

पोषणविद्का अनुसार अनुसार तपाईंले दिनमा ६ देखि ८ वटा गाजर खान सक्नुहुन्छ । तर, यो कुराको ध्यान दिनुपर्छ कि लगातार गाजर खानु हुँदैन । पूरा हप्तामा दुईदिनभित्र ६ देखि ८ वटा गाजर खानुहोस् । यदि तपाईंको शरीरमा आइरनको कमी छ भने दैनिक दुई देखि तीन वटा गाजर खान सक्नुहुन्छ ।

यदि तपाईंले हरेक दिन लगभग १० वटा गाजर खान थाल्नुभयो भने कैरोटेनीमिया हुन सक्छ । यो त्यस्तो समस्या हो जसले छालामा बीटा क्यारोटिन जम्मा हुने कारण बन्न सक्छ ।

त्यस्तै गाजरमा फाइबर हुन्छ, जो स्वास्थ्यका लागि राम्रो हुन्छ । तर, धेरै मात्रामा फाइबरको सेवनले कब्जियत, आन्द्रासँग जोडिएको समस्या तथा ग्यास जस्तो समस्या बढाउन सक्छ ।

गाजरमा अत्यधिक पानी हुन्छ । यो धेरै खाँदा तपाईंलाई पटक पटक पिसाब लाग्ने समस्या पनि हुन सक्छ । त्यस्तै शरीरमा आइरनको कमी हुँदा गाजर खाने सल्लाह दिइन्छ । तर, गर्भावस्थामा धेरै गाजर खाँदा तपाईंलाई वान्ता आउने समस्या हुन सक्छ ।

कतिपय मानिसमा पहिलेदेखि नै एलर्जीको समस्या हुन्छ । यसलाई खाँदा एलर्जी झनै बढ्ने समस्या हुन्छ । त्यसैले एलर्जी भएका व्यक्तिले गाजर नखानुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved