एजेन्सी । हिमालयन साल्टमा पोटाशियमदेखि लिएर म्याग्नेशियम जस्ता खनिजको भण्डार हुन्छ । दैनिक रुपमा नुन पानीले खुट्टा धुनुभयो भने तपाईंले धेरै प्रकारका लाभ पाउन सक्नुहुन्छ ।
नुनपानीले खुट्टा धुँदा हुने फाइदा बारे जानौं :
हिमालयन साल्टमा पाइने मिनरल्सले मांसपेशीमा हुने दुःखाई कम गर्छ र रक्तसञ्चार राम्रो बनाउँछ । नुनपानीमा खुट्टा डुबाएर केहीबेर बस्दा रक्तचाप सन्तुलित हुन्छ ।
यसमा हुने मेलाटोनिन र सेरोटोनिनले हर्मोनलाई नियन्त्रण गर्छ र मस्तिष्कमा हुने उथलपुथललाई नियन्त्रण गर्छ । जसले तनावबाट राहत पाउन सकिन्छ ।
खुट्टाको छालाको सुन्दरता बढाउन चाहनुहुन्छ भने पनि दैनिक १५ देखि २० मिनेट मनतातो पानीमा नुन राखेर भिजाउनुहोस् । यसले छालालाई पनि विभिन्न लाभ हुन्छ ।
तपाईंको खुट्टा दुख्ने, पैतलामा दुखाईको समस्या छ भने पनि नुनपानीमा केहीबेर खुट्टा डुबाउन सक्नुहुन्छ । यसले दुखाई कम गर्छ ।
विशेषगरी साँझको समयमा नुनपानीमा खुट्टा डुबाउँदा तनाव तथा थकान कम हुन्छ । जसले गर्दा राम्रो निद्रा लाग्छ ।
खुट्टाको हड्डी दुख्ने समस्या पनि कम हुन्छ । खुट्टा सुन्निएको छ भने पनि नुनपानीमा डुबाउन सक्नुहुन्छ । यसले सुन्निएको कम हुन्छ र खुट्टामा आराम हुन्छ ।
Facebook Comment
Comment