श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

नेपालभ्युज

श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

काठमाडौं । दैलेखको नौमुलेमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । नौमूले गाउँपालिका–४ मा श्रीमतीसँगको झगडापछि श्रीमान् ३८ वर्षिय भीमबहादुर योगीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो । भीमबहादुरले पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी थिइन् ।

सीतालाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय दैलेखका गाँउमा हिंसात्मक घटनाको बृद्धि हुन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved