बंगलादेशमा दश महिनामा २५ सय महिला तथा बालिका हिंसाको शिकार

नेपालभ्युज

बंगलादेशमा दश महिनामा २५ सय महिला तथा बालिका हिंसाको शिकार

ढाका । बंगलादेशमा पछिल्लो १० महिनामा ३९७ जना महिला बलात्कृत भएको अधिकारवादी संस्था बंगलादेश महिला परिषद् (बिएमपी) ले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसका अवसरमा बीएमपीले यस वर्षको जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कम्तीमा दुई हजार ५७५ महिला तथा बालिका हिंसाको शिकार भएको जनाएको छ ।

बङ्गलादेशका १२ वटा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचारका आधारमा उक्त तथ्याङ्क सङ्कलन गरिएको सो संस्थाले जनाएको छ ।

सङ्गठनका अध्यक्ष फौजिया मुसलमानले राजधानी ढाकामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै बलात्कारी र हत्यारालाई कडाभन्दा कडा सजायको माग गरेका छन् ।

उक्त अवधिमा ३१ जनाको बलात्कारका कारण मृत्यु भएको छ भने १२ जनाले आत्महत्या गरेका छन् । यसबाहेक २२१ जना महिला शारीरिक दुव्र्यवहारमा परेका छन् भने ४४३ जना विभिन्न कारणले मारिएका छन् ।

यो अवधिमा २१ वटा बालविवाह, १४२ वटा यौन हिंसा र ६१ वटा दाइजोका लागि यातना दिइएका घटनालाई अभिलेखीकरण गरिएको प्रतिवेदनमा यस अवधिमा कम्तीमा २३१ महिलाको रहस्यमय तरिकाले मृत्यु भएको उल्लेख छ ।

दाइजो पीडितमध्ये ४५ जनाको हत्या भएको छ । यसैबीच, तोकिएको समयावधिमा २०७ महिलाले आत्महत्या गरेका छन् ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved