गोविन्द केसीले भने- स्वास्थ्यमन्त्री बस्नेत माफियाका नाइके हुन्, तत्काल बर्खास्त गरियोस्

नेपालभ्युज

गोविन्द केसीले भने- स्वास्थ्यमन्त्री बस्नेत माफियाका नाइके हुन्, तत्काल बर्खास्त गरियोस्

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै अनसन बसिरहने डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । स्वास्थ्यमन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भन्दै डा. केसीले बर्खास्तीको माग गरेका हुन् ।

आइतबार विज्ञप्ती जारी गर्दै केसीले भनेका छन्– मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्वन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानूनी र खेदपूर्ण कार्य हो । यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्ड जीका स्वास्थ्यमन्त्री माफियाका नाइके हुन् र उनी मन्त्री पदमा रहीरहनु लोकतान्त्रिक मूल्यमान्यताको वर्खिलाफ हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।

मन्त्री बस्नेतले निरन्तर मर्यादा विपरीतका काम गरेको पनि उनको आरोप छ ।

यसअघि शनिबार मन्त्री बस्नेतले गोविन्द केसी माफिया गिरोहबाट संचालित रहेको आरोप लगाउँदै उनको पछि लाग्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved