यसलाई भनिन्छ अभिनय, रणवीरकै छ चारैतिर चर्चा

नेपालभ्युज

यसलाई भनिन्छ अभिनय, रणवीरकै छ चारैतिर चर्चा

एजेन्सी । ‘यसलाई भनिन्छ सिनेमाघरमा आगो लगाउनु’ यदि तपाईंले पनि रणवीर कपूरको फिल्म ‘एनिमल’ को ट्रेलर देख्नुभएको छ भने मुखबाट यही शब्द निस्किएको होला ।

३ मिनेट ३१ सेकेन्डको ट्रेलरले धमाका मच्चाइरहेको छ । यसको पहिलो सीन नै यति दमदार छ कि तपाईंको शरीरमा काँडा उम्रनेछ ।

सामाजिक संजालमा रणवीर –अनिल कपूरका बीचमा खिचिएको यो सीन भाइरल भएको छ । सबैतिर रणवीर कपूरकै अभिनयको चर्चा छ ।

जति दमदार ‘एनिमल’ को ट्रेलर छ त्यति नै गजब रणवीर कपूरको अभिनय छ । हरेक सीनमा उनी एकदमै शक्तिशाली देखिएका छन् ।

धेरैले ‘यसलाई भनिन्छ अभिनय’ भनेका छन् । साथमा यो कुनै डराउने फिल्मको सीन भन्दा कम छैन पनि भनेका छन् ।

विशेषगरी रणवीरको अभिनयलाई धेरैले ५ वटा तारा दिएका छन् । उनलाई बलिउड फिल्म उद्योगका एकदमै प्रतिभाशाली अभिनेता बताएका छन् ।

फिल्म ‘एनिमल’ लाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका छन् । फिल्म एक डिसेम्बरमा रिलीज हुँदैछ । यसमा बबी देओल र रश्मिका मन्दाना पनि मूख्य भूमिकामा देखिनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved