प्रसाईंको आन्दोलनलाई राप्रपाको ‘नैतिक समर्थन’, नजरबन्द र धरकपडप्रति लिङ्देनको आपत्ति

नेपालभ्युज

प्रसाईंको आन्दोलनलाई राप्रपाको ‘नैतिक समर्थन’, नजरबन्द र धरकपडप्रति लिङ्देनको आपत्ति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा सहभागी माथि भएको प्रहरी धरपकडको विरोध भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज भईरहेको प्रहरी धरपकडप्रति आपत्ति जनाएका छन् ।

‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्,’ अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन, सरकारले आफूलाई तत्काल सच्याओस ।’

हिजोदेखि प्रसाईले ‘व्यवस्था बिरोधी’ आन्दोलनको सुरुवात गरेका छन् । हिजै बल्खुमा गरिएको प्रदर्शनमा राप्रपाका प्रवक्ता तथा संघीय सांसद ज्ञानेन्द्र शाहीले सम्बोधनसमेत गरेका थिए । शुक्रबार पनि तीनकुनेबाट प्रसाईंकाे आन्दोलनबाट राप्रपा कार्यकर्ताहरू पक्राउसमेत परेका छन् ।

यसले प्रसाईंकाे आन्दाेलनलाई राप्रपाकाे नैतिक समर्थन रहेको संकेत गरेको छ ।

तीनकुनेमा आज हुने भनिएको कार्यक्रममा सरकारले अवरोध गरेको छ । हालसम्म सो कार्यक्रममा सहभागी हुन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गसिकेको छ भने प्रसाई स्वयं भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved