५६ वर्षको उमेरमा यसरी फिट रहन्छन् नायक अक्षय कुमार

नेपालभ्युज

५६ वर्षको उमेरमा यसरी फिट रहन्छन् नायक अक्षय कुमार

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार आफ्ना फिल्मसँगै फिटनेसलाई लिएर पनि चर्चामा रहिरहन्छन् । अक्षय कुमार ५६ वर्षको उमेरमा पनि आफूलाई एकदमै फिट राख्न सफल छन् ।

आज अक्षय कुमारको फिटनेसको रहस्यका बारेमा केही कुरा जान्नेछौं । अक्षय कुमार जीममा एकदमै धेरै मेहनत गर्छन् । उनले कसरत गर्दै गरेका भिडिओहरु आइसकेका छन् ।

अक्षय कुमार आफ्नो सुत्ने र उठ्ने समयको पनि एकदमै धेरै ख्याल राख्छन् । उनी अहिलेसम्म बिहानको सूर्योदयभन्दा अगाडि नै उठेका छन् ।

खबरअनुसार अक्षय कुमार रातको समयमा खानपानबाट बच्ने गर्छन् । उनी चिल्लोपिरो तथा मसलेदार खाना खाँदैनन् । उनलाई सलाद तथा स्वच्छ खानपान मन पर्छ । यसरी उनले आफूलाई फिट राख्ने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved