चितवन राष्ट्रिय निकुञ्जका अधिकृतसहित १२ जनामाथि भ्रष्टाचारको मु्द्दा

नेपालभ्युज

चितवन राष्ट्रिय निकुञ्जका अधिकृतसहित १२ जनामाथि भ्रष्टाचारको मु्द्दा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकसहित १२ जना माथि भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

उनीहरुमाथि भवन निर्माणमा लगानी भएको रकम औचित्यहिन भई सार्वजनिक सम्पतीको हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

तत्कालीन सहायक संरक्षण अधिकृत पाठकसहित खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इन्जिनियर राजेश कोईराला र सवइन्जिनियर सुमन श्रेष्ठ, वन उपभोक्त समूह र कंक्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङमाथि पनि मुद्दा दायर गरिएको छ ।

त्यस्तै वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष सम्भु जि.सी., वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्वल बर्तौला, उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरिया, उपभोक्ता समितिका कोषाध्यक्ष सीता दाहाल र सचिव कल्याण लटौलमाथि मुद्दा दायर भएको हो ।

उनीहरुमाथि निकुञ्जको कोर ईलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गरि भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved