बैंक एकाउन्ट ह्याक गर्ने गिरोह धनगढीबाट पक्राउ

नेपालभ्युज

बैंक एकाउन्ट ह्याक गर्ने गिरोह धनगढीबाट पक्राउ

धनगढी । कैलाली प्रहरीले बैंक एकाउन्ट ह्याक गर्ने गिरोहलाई धनगढीबाट पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयमै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । गिरोहका ९ जना लाई प्रहरीले पक्राउ गरेपनि परिचय खुलाएको छैन् ।

प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि यी गिरोहलाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।

पक्राउ परेका व्यक्तिबाट १० वटा ल्यापटप बरामद गरिएको छ । उनीहरुमाथि सोधपुछ भइरहेको हुदाँ अन्य कुरा अनुसन्धान पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved