सन् २०२४ मा श्रीलंकामा राष्ट्रपति र संसदीय निर्वाचन हुन्छ : राष्ट्रपति विक्रमासिंघे

नेपालभ्युज

सन् २०२४ मा श्रीलंकामा राष्ट्रपति र संसदीय निर्वाचन हुन्छ : राष्ट्रपति विक्रमासिंघे

कोलम्बो । श्रीलंकामा सन् २०२४ मा राष्ट्रपति र संसदीय दुवै निर्वाचन हुने भएको छ । राष्ट्रपति रनिल विक्रमासिंघेले श्रीलङ्काको सबैभन्दा लोकप्रिय खेलमध्येको एक क्रिकेटमा देखापरेको सङ्कटसहित धेरै महत्त्वपूर्ण मामिलामा बुधबार संसद्मा गरेको विशेष सम्बोधनमा सो जानकारी दिएका हुन् ।

आफूले निर्वाचन स्थगन गर्ने भन्ने आरोपलाई उनले अस्वीकार गरे । सरकारले सन् २०२५ मा प्रान्तीय परिषद् र स्थानीय सरकारको निर्वाचन गराउने उनले जानकारी दिए ।

सरकारले निर्वाचन गराउनका लागि पर्याप्त बजेट नभएको घोषणा गरेपछि निर्वाचन आयोगले यसै वर्षको सुरुमा स्थानीय सरकारको निर्वाचनहरू अनिश्चितकालका लागि स्थगन गरेको छ ।

वृक्षरोपण, उद्यम सुधार तथा अर्थराज्यमन्त्री रञ्जीत सियाम्बलपतियाले भविष्यमा सम्भावित निर्वाचनहरूका लागि १० अर्ब रुपैयाँ (तीन करोड पाँच लाख अमेरिकी डलर) को बजेट विनियोजन गरिएको घोषणा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved