नव्यश्रीको सर्ट फिल्म ‘महाकाली’ मंसिर २४ मा आउने

नेपालभ्युज

नव्यश्रीको सर्ट फिल्म ‘महाकाली’ मंसिर २४ मा आउने

काठमाडौं । सामाजिक सञ्जालबाट चर्चामा आएकी मोडल नव्यश्री अभिनित पहिलो सर्ट फिल्म ‘महाकाली’ मंसिर २४ मा आउने आउने भएको छ ।

निर्माण टिमले केही दिनअघि फिल्मको पोस्टर सार्वजनिक गरिसकेको छ । फिल्म आगामी डिसेम्बर १० अर्थात् मंसिर २४ गतेदेखि ओएसआर डिजिटल युट्युब च्यानलमार्फत स्ट्रिमिङ हुने जनाइएको छ । सार्वजनिक पोस्टरमा फिल्मकी शीर्ष अभिनेत्री नव्यश्रीलाई देवी महाकालीको रूपमा चित्रण गरिएको छ ।

काजिश श्रेष्ठ निर्देशित सर्ट फिल्मले आफ्नो कष्टपूर्ण जीवनबाट मुक्ति पाउन दुई युवतीले गर्ने संघर्ष र देवी महाकालीको भक्तिको कथा प्रस्तुत गर्छ । फिल्ममा नव्यश्रीका साथै लोमस शर्माको पनि मुख्य भूमिका छ ।

१४ वर्षकै उमेरमा मोडलिङ करिअर सुरू गरेकी नव्यश्रीले सन् २०१८ मा १५ वर्षको उमेरमा प्लानेट मिस इण्डिया वर्ल्ड, मिस टिन रिपब्लिक अफ इण्डिया र मिस नर्थइस्टको उपाधि जितिसकेकी छन् । सामाजिक सञ्जालमा आफ्ना पोस्टहरू सेयर गर्न थालेसँगै उनी भाइरल बनेकी हुन् । वास्तविक नाम मञ्जु थापा रहेकी नव्यश्री हाल भारतमै बसोबास गर्दै आइरहेकी छन् । उनको पुर्ख्यौली घर विराटनगर हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved