चार दिनको शुटिङपछि छोड्न चाहन्थे शाहरुखले ‘कल हो ना हो’

नेपालभ्युज

चार दिनको शुटिङपछि छोड्न चाहन्थे शाहरुखले ‘कल हो ना हो’

एजेन्सी । बलिउडका किंग शाहरुख खानले आफ्नो करिअरमा कयौं हिट फिल्म दिएका छन् । धेरैले शाहरुखको रोमान्टिक वा भावुक भूमिका मन पराउँछन् ।

शाहरुख खानका सुपरहिट फिल्म मध्ये एक ‘कल हो ना हो’ पनि हो । जुन फिल्म उनले चार दिन शुटिङ गरेपछि छोड्न चाहन्थे । उनको यो फिल्म सन् २००३ मा रिलीज भएको थियो । यस फिल्ममा शाहरुखसँग सैफ अली खान र प्रीति जिन्टा देखिएका थिए ।

चार दिनको शुटिङपछि शाहरुखको ढाडमा एकदमै धेरै दुखाई हुन थालेको थियो, जसले गर्दा उनले यो फिल्म गर्न नै अश्वीकार गरेका थिए । फिल्मका निर्देशक निखिल आडवाणीले शाहरुखको कुरा मानेनन् । निखिलले फिल्मलाई छ महिनापछि शुट गर्ने निर्णय गरे ।

पछि शाहरुखको कम्मर दुख्न निको भएपछि मात्र उक्त फिल्मको शुटिङ गरिएको थियो । फिल्म ‘कल हो ना हो’ मा तीन साथीबीच लव ट्रायंगल देखाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved