टिकटक प्रतिबन्ध विरुद्धका रिटको सुनुवाइ आजदेखि 

नेपालभ्युज

टिकटक प्रतिबन्ध विरुद्धका रिटको सुनुवाइ आजदेखि 

काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुँदैछ ।

हिजो सुनुवाइ हुन हुन नसकेपछि आजको लागि सरेको थियो । आजदेखि रिट निवेदनकर्ताले वकालत गर्नेछन् ।

सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध फुकुवाको माग गर्दै विभिन्न कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

टिकटकको प्रतिबन्ध विरुद्ध १० वटा रिट परेका थिए । सबै रिटमाथि न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको थियो ।

त्यस्तै, न्यायाधीशद्वय चुडाल र नहकुल सुवेदीको संयुक्त इजालसमा २० वटा मुद्दाको पेशी तोकिएको थियो। यी मुद्दामाथि संयुक्त इजलासमा सुनुवाइ चलेका कारण हिजो एकल इजलास बस्न सकेन ।

त्यसैले न्यायाधीश चुडालको एकल इजलासमा पेशी तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन। सबै मुद्दालाई सर्वोच्च अदालत प्रशासनले ‘हेर्न नभ्याइने’ मा राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved