पाकिस्तानको पञ्जाबमा डाँका र प्रहरीबीच झडप, छ जनाको मृत्यु

नेपालभ्युज

पाकिस्तानको पञ्जाबमा डाँका र प्रहरीबीच झडप, छ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोरमा शनिबार छ जना डाँकाको प्रहरी कारबाहीमा गोली लागि मृत्यु भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार डाँकाहरू एक डाक्टरको घरमा पसेर उनको परिवारलाई बन्धक बनाई उनीहरूका बहुमूल्य सामानहरू लुट्ने क्रममा प्रहरीले सुराकीका आधारमा कारबाही गरेको थियो ।

बन्धक बनाइएका चिकित्सकको परिवारमध्ये एक छोरी सावधानीपूर्वक छतमा पुगी प्रहरीलाई डाँका समूहबारे जानकारी गराउँदै सहयोगका लागि प्रहरीलाई फोन गर्न सफल भएकी र उनको सुराकीको आधारमा नै प्रहरीले डकैती गर्ने ती व्यत्तिहरूलाई कारबाही गरेको थियो ।

बन्धक बनाइएका सबै व्यक्ति सुरक्षित रहेको प्रहरीले पुष्टि गरेको छ । मारिएका डकैतको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved